काठमाडाै । नेकपा एमालेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीका तर्फबाट सुझावपत्र बुझाएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आयोजित समारोहमा एमालेले सरकार सञ्चालनका लागि प्रधानमन्त्री ओलीलाई सुझाव दिएको हो ।
प्रमुख दुई दल मिलेर बनेको सरकार स्थिर रहने अपेक्षा नागरिकले गरिरहेका छन् । ओली सरकारले आर्थिक विकाससहित जनचाहना पूरा गर्न सक्नेगरी काम गर्नुपर्ने मुख्य सुझाव एमालेको छ ।