• भाद्र १५ २०८१, शनिबार

शिक्षकको ट्रेड युनियन खारेज गर्न खोज्दा सरकार ढालिदिए : सांसद सिंह

श्रावण ३ २०८१, बिहीबार

काठमाडौं । सांसद अमरेशकुमार सिंहले शिक्षकका ट्रेड युनियन खारेज गर्न खोज्दा सरकार परिवर्तन भएको अभिव्यक्ति दिएका छन् । बिहीबार संसद्को शिक्षा, स्वास्थ तथा सूचना प्रविधि समितिमा सिंहले यस्तो बोलेका हुन् ।

‘यसअघिका शिक्षामन्त्री सुमना श्रेष्ठले केही परिवर्तन सुरु गरेकी थिइन्, तर टिक्न दिइएन, शिक्षकका ट्रेड युनियन खारेज गरौँभन्दा सरकार नै गयो,’ उनले भने ।

समिति बैठकमा विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विद्येयकमाथि छलफल जारी छ । सांसद सिंहले विद्यालयमा शिक्षकका ट्रेड युनियन खारेज हुने र प्रतिस्पर्धाबाट मात्रै शिक्षक नियुक्ति गर्ने व्यवस्था राखिनुपर्ने संशोधन प्रस्ताव राखेका छन् ।