• भाद्र १४ २०८१, शुक्रबार

ह्वात्त घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

श्रावण ३ २०८१, बिहीबार

काठमाडौँ, ३ साउन : स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा रु तीन सयले घटेको छ । बुधबार प्रतितोला रु एक लाख ४९ हजार आठ सयमा कारोबार भएको छापावाला सुन आज भने रु एक लाख ४९ हजार पाँच सय निर्धारण भएको छ ।

बुधबार सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको थियो । त्यस्तै, बुधबार प्रतितोला रु एक लाख ४९ हजार एक सयमा कारोबार भएको तेजाबी सुन आजका लागि भने रु एक लाख ४८ हजार आठ सय निर्धारण भएको छ ।

त्यस्तै चाँदीको मूल्य तोलामा रु ३५ ले घटेको छ । बुधबार प्रतितोला रु एक हजार आठ सय ९५ मा कारोबार भएको चाँदी आजका लागि भने रु एक हजार आठ सय ६० निर्धारण भएको छ ।