• भाद्र १४ २०८१, शुक्रबार

नाकबाट रगत बग्नुका कारण र रोगथामका उपाय

श्रावण ३ २०८१, बिहीबार

कारण 
शरीरको अन्य भाग जस्तै नाक भित्र पनि स-साना रक्तनलीहरू हुन्छन्। नाकको अगाडि भाग तिर ती रक्तनलीहरू जेलिएर बसेका हुन्छन् जसलाई मेडिकल भाषामा ‘लिटिल्स एरिया’ भनिन्छ। यो भागबाट रगत बग्ने सम्भावना धेरै हुन्छ तथापि नाकको अन्य भागबाट पनि रगत बग्न सक्दछ।

सुख्खापनले गर्दा जाडो मौसममा रक्तनली फुट्ने तथा रगत बग्ने समस्या बढी देखिन्छ। यस्तै नाक कोट्‌याउने बानी भएकाहरूमा पनि यो समस्या धेरै देखिन्छ।

रगत बग्नुको अन्य कारणमा रुघाखोकी, पिनास, नाकभित्र मासु पलाउनु रगत पातलो बनाउने औषधिहरू (एस्पिरिन, वार्फारिन) प्रयोग गर्नु आदी पर्दछन्। उच्च रक्तचापले आफैं एपिस्टेक्सिस सुरु नगराए पनि बढी रगत बग्ने हुने गर्दछ। यो समस्या जुनसुकै उमेरको मानिसहरूलाई हुने भएता पनि विशेषतः बच्चा र वृद्धमा बढी देखिने गर्दछ।

रोकथामका उपायहरू
-नाक कोट्याउने बानी हटाउने।
-सुक्खा हुन नदिन नाक भित्र भ्यासलिन लगाउने।
-रगत पातलो बनाउने औषधीहरू विशेषज्ञको परामर्शमा कम गर्ने।
-रक्तचाप सन्तुलनमा राख्ने।
-कब्जियत हुन नदिने/ भएमा उपचार गर्ने।
– प्रशस्त मात्रामा पानी पिउने।

-(डा देवकोटा बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा इएनटी-हेड एन्ड नेक सर्जनका रुपमा कार्यरत छन्।