• भाद्र १४ २०८१, शुक्रबार

अमेरिकी राष्ट्रपति जो बाइडेनलाई कोरोना संक्रमण

श्रावण ३ २०८१, बिहीबार

काठमाडाै‌ । अमेरिकी राष्ट्रपति जो बाइडेनलाई कोरोना संक्रमण भएको छ । ह्वाइट हाउसका प्रेस सेक्रेटरी केरिन जिन पियरेका अनुसार बाइडेनले कोभिड भ्याक्सिन र बुस्टर डोज लगाएका छन् ।

पियरेका अनुसार बाइडेनलाई यसअघि पनि दुई पटक कोभिड संक्रमण भइसकेको छ । बाइडेन स्वयंले पनि आफूलाई कोभिड संक्रमण भएको जानकारी एक्स (ट्विटर) मार्फत दिएका छन् ।

बाइडेनमाथि डेमोक्रेटिक पार्टीबाट राष्ट्रपति चुनावको रेसबाट बाहिरिन दबाब बढिरहेको बेला उनलाई कोभिड संक्रमण भएको हो । कोभिड संक्रमणपछि बाइडेनमाथिको यो दबाब अझ बढ्न सक्ने जनाएको छ ।

बाइडेन बुधबार लस भेगासमा आफ्ना समर्थकहरूसँग थिए । त्यसबेला उनले उनीहरुसँग कुराकानी पनि गरेका थिए । तर, पछि उनले आफ्नो चुनावी भाषण रोकेका थिए ।