• मंसिर १२ २०८१, बुधबार

२२ सदस्यीय मन्त्रिपरिषद्मा दलित समुदायबाट एक जना पनि मन्त्री परेनन्

असार ३२ २०८१, सोमबार

काठमाडौँ । केपी शर्माओली नेतृत्वको २२ सदस्यीय मन्त्रिपरिषद्मा दलित समुदायबाट एक जना पनि मन्त्री नियुक्त भएका छैनन् । सोमबार विस्तार भएको मन्त्रिपरिषद्मा जनजाति, आर्य, मधेसी लगायत समुदायबाट प्रतिनिधित्व हुँदा १३ प्रतिशत रहेको दलित समुदायको उपस्थितिविहीन भएका छन् ।

एमालेबाट सचिव समेत रहेका छविलाल विश्वकर्मा र कांग्रेसका सहमहामन्त्री रहेका जीवन परियारलाई मन्त्री बनाउने चर्चा चलेको थियो । तर अन्तिम समयमा आएर उनीहरुको नाम हटाइएको छ । राष्ट्रपति भवन शीतल निवासमा प्रधानमन्त्री ओलीसहित दुई उपप्रधानमन्त्री र १९ जना मन्त्रीले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् ।