काठमाडौं । लियोनल मेस्सीको टिम अर्जेन्टिनाले कोपा अमेरिका २०२४ को उपाधि जितेको छ । भर्खरै सकिएको फाइनल खेलमा कोलम्बियालाई १९० गोलले पराजित गर्दै अर्जेन्टिना कोपा अमेरिका च्याम्पियन बनेको हो ।
अर्जेन्टिनाका लागि १ सय १२औं मिनेटमा सेल्सोको पासमा लौटारो मार्टिनेजले निर्णायक गोल गरे । निर्धारित समयमा खेल गोलरहित बराबरीमा सकिएपछि ३० मिनेट समय थप गरिएको थियो । मार्टिनेज जारी प्रतियोगिताका सर्वाधिक गोलकर्ता पनि बनेका छन् ।
यसअघि सन् २०२१ को संस्करण ब्राजिललाई पराजित गर्दै अर्जेन्टिनाले नै जितेको थियो । यो सँगै कोपा अमेरिकाको उपाधि सबैभन्दा बढी १६ पल्ट जितेकोमा अर्जेन्टिनाको नाममा नयाँ कीर्तिमान् बनेको छ । यसअघि उरुग्वे र अर्जेन्टिनाबीच १५–१५ उपाधिको बराबरी थियो ।