वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति जो वाइडेनले अमेरिका बासीलाई सम्बोधन गरेका छन्। शनिबार उनका प्रतिद्वन्द्वी तथा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार भए पछि वाइडेनले सम्बोधन गरेका हुन्।
ह्याइटहाउस्थित ओभलबाट उनले १० मिनेट लामो मन्तव्य दिए। उनले अमेरिकाको राजनीतिक वातावरणमा कम तापक्रम हुनुपर्ने बताएका छन्। उनले राजनीतिमा शक्तिका बिचमा सधैँ तनाव र मनमुटाब रहनु आवश्यक नरहेको बताएका छन्।
सो घटनामा संलग्न युवाको सोही दिन सुरक्षाकर्मीको गोलीबाट ज्यान गइसकेको छ। २० वर्षीय थोमस क्रक्सको पेन्सिलभेनियामा बसोबास गर्ने गरेका छन्। उनको लक्ष्यका बारे कसैले पनि जानकारी राखेको छैन। क्रक्सको कुनै राजनीतिक वाद र विचार अझै देखिएको थिएन।
पेन्सिभेनियाको बेथल हाई स्कुलबाट ग्रयाजुएट उनी गणितमा तीक्ष्ण व्यक्तिको रूपमा भने परिचित थिए।
घटनापछि धेरै किसिमको प्रतिक्रिया बाहिर आएका छन्। कति रिपब्लिकनले वाइडेनको बयानबाजी एउटा मुख्य कारण भएको बताएका छन्। रिपब्लिकनका विधायक टिम बर्चेटले सञ्चार क्षेत्रले ट्रम्पको विरुद्धमा नकारात्मक धारणा फैलाएका कारण यसैको असर परेको बताएका छन्।