• भाद्र १३ २०८१, बिहीबार

एकपटक प्रयोग गरेको तेल पुनः तताएर प्रयोग गर्नु स्वास्थ्यको लागि हानिकारक

असार ३२ २०८१, सोमबार

एकपटक प्रयोग गरेको तेल पुनः तताएर प्रयोग नगर्न चिकित्सकहरू सुझाव दिन्छन् ।

किनकि एकपटक प्रयोग गरी सकेको तेल पुनः तताएर प्रयोग गर्नु स्वास्थ्यको लागि हानिकारक छ । एकपटक प्रयोगमा आएको तेल पुनः प्रयोग गर्दा मानिसमा मुटु, स्नायु, कलेजो सम्बन्धी रोग लाग्न सक्ने र क्यान्सर समेत हुने खतरा रहेको वरिष्ठ मुटु रोग विशेषज्ञहरू जनाउँछन् ।

तेललाई पटक–पटक तताउँदा अल्डिहाइड नामक टक्सिन उत्पादन हुन्छ । पुनः तताएको तेल प्रयोग गर्दा यसमा उत्पादन भएको टोक्सिन शरीर भित्र प्रवेश गर्छ । जसले हाम्रो शरीर भित्रको प्रोटिन, एन्जाइम र हर्मोनसँग प्रक्रिया गरी स्वास्थ्यलाई असर पुर्‍याउँछ ।

सूर्यमुखी तथा भटमासको तेललाई पटक–पटक तताउँदा राम्रो फ्याटहरू ट्रान्सफ्याटमा परिणत हुन्छ । जसले शरीरमा नराम्रो कोलेस्ट्रोल बढाउँछ । यसले रक्तनलिमा रगत जम्ने सम्भावना बढाउँछ । तेललाई पटक–पटक तताउँदा त्यसमा उत्पादन हुने टोक्सिनले मुटु रोग, स्नायुरोग, कलेजो रोग तथा क्यान्सर हुने खतरा बढ्छ ।

त्यसले यी रोगहरू लाग्नबाट बच्नको लागि तेल पुनः तताएर प्रयोग गर्ने बानी हटाउनुपर्छ । मुटु, कलेजो स्नायु र क्यान्सरका बिरामीले यस्तो तेल प्रयोग गर्ने नहुने चिकित्सकको भनाइ छ ।