• मंसिर १२ २०८१, बुधबार

तलब नदिएको झोंकमा कामदार दम्पतीले कुखुरा व्यवसायीको हत्या गरेको खुलासा

असार ३० २०८१, शनिबार

मोरङ । एक महिनाको तलबमा भएको विवादको बदला लिन कामदारदम्पतीले मोरङका कुखुरा व्यवसायीको विभत्स हत्या गरेको खुलेको छ । मोरङको सुन्दरहरैँचा नगरपालिका– ९ मा कुखुरा फार्म सञ्चालन गर्दै आएका ४९ वर्षीय सहदेव बजगाईंको हत्या उनकै फार्ममा काम गर्ने दम्पती उर्र्लावारी हाटखोलका ३६ वर्षीय छिरिङ भनिने सुनिल तामाङ र उनकी श्रीमती प्रतिसा पाँचकोटीले गरेको खुलेको हो ।

मोरङ प्रहरीलाई पक्राउ परेका दम्पतीले दिएको बयान अनुसार गत १० जेठदेखि मात्र बजगाईंको कुखुरा फार्ममा तामाङ दम्पतीले काम गर्न थालेका थिए । कामदार दम्पतीलाई साहु बजगाईंले मागेको तलब नदिने र रक्सी खाएर सधै गाली गलौज गर्ने गरेका थिए । यसै करण उनीहरुको बजगाइँसँग भनाभन भएको थियो ।

त्यही विवादको बदला लिन फार्ममा सुत्न आएको मौका छोपेर कामदार दम्पतीले बन्चरो र खुकुरी प्रहार गरी २६ असार राती बजगाइँको हत्या गरेका खुलेको प्रहरीले जनाएको छ ।