• भाद्र १३ २०८१, बिहीबार

काठमाडौंका मगर समुदायले साउने संक्रान्ती विशेष रूपमा मनाउँदै

असार २९ २०८१, शुक्रबार

काठमाडौं । मगर समुदायले साउने संक्रान्ती (उधौली पर्व) भव्य रुपमा मनाउने भएका छन् ।
साउन १ गते अठार मगरात मगर प्रतिष्ठानको मुल आयोजनामा विभिन्न मगर भातृ संस्थाहरुको सहआयोजनामा काठमाडौं थानकोटको त्रिभुवन पार्कमा साउने संक्रान्ती (उधौली पर्व)को अवसरमा विविध मौलिक सांस्कृतिक कार्यक्रम गरि मनाउन लागिएको हो।

मगर समुदायले विशेष  महत्व दिएर मनाउने साउने संक्रान्ति पर्वमा विविध सांस्कृतिक झाँकीहरु प्रस्तुत  गरिनेछ ।अठार मगरात मगर प्रतिष्ठानका अध्यक्ष झविन्द्र पुनमगरका अनुसार मगर समुदायले साउन १ गते मौलिक पर्व राके सकरातीमा लुतो फाल्ने र आगो पानी भूमि पूजा गर्ने, दमाहा बाजा बन्द गर्ने गर्दछन्। सकरातीको दिनदेखि नै मादल बाजा फुकाउने र नयाँ नाच पैस्यारु, सिङगारु, सरङ्या नाचको आरम्भ गर्ने परम्परा रहेको छ । उँधेली चाड साउने सङ्कराई २०८१ को अवसरमा   आयोजना गर्न लागेको उक्त कार्यक्रमको प्रमुख अतिथि रुपमा नेपाल मगर संघको केन्द्रिय अध्यक्ष ज्ञानेन्द्र पुनमगर सहभागी हुने छन।

कार्यक्रमको सहआयोजना अथार मगरात कलाकार संघ, तकसेरा समाज, लुगुम्याल समाज, रोल्पा थवाङ्गी समाज, रोल्पा जलजला सेवा समाज, नेपाल मगर संघ, अर्घाखाँची काठमाडौं सम्पर्क समिति, नेपाल मगर सांस्कृतिक संघ,भूमे समाज काठमान्डौ ,कोराल समाज काठमाडौ , सिर्जनशिल समाज काठमाडौ , लुगुम्याल चेलिबेटी आमा समुह ,थबाङगी सामाज -काठमाडौ ,नेपाल मगर संघ पाल्पा- काठमाडौ सम्पर्क समिति ,नेपाल मगर संघ म्याग्दी- काठमाडौ सम्पर्क समिति ,नेपाल मगर संघ सुर्खेत- काठमाडौ सम्पर्क समिति- काठमाडौ सम्पर्क समिति ,नेपाल मगर संघ भोजपुर- काठमाडौ सम्पर्क समिति ,नेपाल मगर संघ प्युठान- काठमाडौ सम्पर्क समिति ,नेपाल मगर संघ धादिङ- काठमाडौ सम्पर्क समिति रोल्पा काठमाडौं सम्पर्क समिति, नेपाल मगर संघ रोल्पा काठमाडौं सम्पर्क समति रहेका छन् ।

प्रतिष्ठानका सचिव भिमप्रकाश बाठामगर (चिरण)ले बिहान ११ बजे सुरु हुने सो कार्यक्रममा मगर समुदाय लगायत सबैलाई उपस्थितिको लागि अनुरोध गरेका छन् ।