• मंसिर ११ २०८१, मंगलवार

मगर समुदायले साउने संक्रान्ती विशेष रूपमा मनाउँदै

असार २९ २०८१, शुक्रबार

काठमाडौं । मगर समुदायले साउने संक्रान्ती (उधौली पर्व) भव्य रुपमा मनाउने भएका छन् ।

साउन १ गते अठार मगरात मगर प्रतिष्ठानको मुल आयोजनामा विभिन्न मगर भातृ संस्थाहरुको सहआयोजनामा काठमाडौं थानकोटको त्रिभुवन पार्कमा साउने संक्रान्ती (उधौली पर्व)को अवसरमा विविध मौलिक सांस्कृतिक कार्यक्रम गरि मनाउन लागिएको हो।

प्रतिष्ठानका सचिव भिमप्रकाश बाठामगर (चिरण)ले बिहान ११ बजे सुरु हुने सो कार्यक्रममा मगर समुदाय लगायत सबैलाई उपस्थितिको लागि अनुरोध गरेका छन् ।

मगर समुदायले विशेष  महत्व दिएर मनाउने साउने संक्रान्ति पर्वमा विविध सांस्कृतिक झाँकीहरु प्रस्तुत गरिन्छ ।