• मंसिर १२ २०८१, बुधबार

अर्को मन्त्रिपरिषद गठन नभएसम्म यही सरकारले काम गर्ने

असार २९ २०८१, शुक्रबार

काठमाडौँ । अर्को मन्त्रिपरिषद गठन नभएसम्म अहिलेको सरकारले काम गर्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभाबाट विश्वासको मत नपाएपछि राष्ट्रपति रामचन्द्र पौडेलले अर्को मन्त्रिपरिषद् गठन नभएसम्म यही सरकारले काम गर्ने गरी जिम्मेवारी तोकेका हुन् ।

प्रधानमन्त्री प्रचण्डले शुक्रबार प्रतिनिधि सभाबाट विश्वासको मत नपाएको सभामुख देवराज घिमिरेले राष्ट्रपति पौडेललाई जानकारी गराएका थिए ।

राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले विज्ञप्ति जारी गर्दै संविधानको धारा ७७ को उपधारा ३ बमोजिम अर्को मन्त्रिपरिषद् गठन नभएसम्म यही सरकारले कार्य सञ्चालन गर्ने गरी जिम्मेवारी तोकिएको उल्लेख गरेकी छिन् ।