• मंसिर १२ २०८१, बुधबार

नयाँ सरकार गठन बारे राय माग्न राष्ट्रपतिले कानुनविदहरुलाई बोलाए

असार २९ २०८१, शुक्रबार

काठमाडौँ । नयाँ सरकार गठनको आह्वानअघि राष्ट्रपति रामचन्द्र पौडेलले कानुनविदलाई छलफलमा बोलाइका छन् । उनले शुक्रबार अपराह्नका लागि वरिष्ठ अधिवक्ता, संविधानविद लगायतलाई छलफलमा बोलाएका हुन् ।

संविधानविद भीमार्जुन आचार्यले आफूलाई पनि राष्ट्रपति कार्यालयबाट बोलावट भएपनि नगएको बताए । नयाँ सरकार गठनका लागि कुन धाराको प्रयोग गर्ने भन्ने विषयमै राष्ट्रपतिले परामर्श गर्न चाहेको बुझेको उनको भनाइ छ । तर, उनले नयाँ सरकार गठनका लागि राष्ट्रपतिले संविधानको धारा ७६(२) वा (३) जुन प्रयोग गरेपनि फरक नपर्ने तर्क गरे ।

प्रतिनिधिसभाबाट प्रधानमन्त्री प्रचण्डले विश्वासको मत नपाउने निश्चित भएसँगै राष्ट्रपतिले नयाँ सरकार गठनका लागि आह्वान गर्नुपर्ने हुन्छ । तर, कुन धारा अनुसार गर्ने भन्नेबारे स्पष्ट हुन राष्ट्रपतिले कानुनविदलाई बोलाएको शीतल निवास स्रोतको भनाइ छ ।