काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अल्पमतमा परेपछि संसद विघटन गर्ने वाणी परेकाहरूले नै आफूलाई नैतिकताको पाठ सिकाएको टिप्पणी गरेका छन् ।
शुक्रबार प्रतिनिधिसभा बैठकमा विश्वासको मतको प्रस्ताव पेस गर्दै प्रधानमन्त्री प्रचण्डले एमाले अध्यक्ष केपी ओलीप्रति व्यंग्य गर्दै अल्पमतमा पर्दा संसद विघटन गर्न वाणी परेकाहरूले आफूलाई नैतिकताको पाठ नसिकाउन भनेका हुन् ।