• मंसिर १२ २०८१, बुधबार

सुन–चाँदीको भाउ बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

असार २८ २०८१, बिहीबार

काठमाडाै‌ । नेपाली बजारमा बिहीबार सुन–चाँदीको मूल्य बढेको छ । अघिल्लो दिन स्थिर रहेको सुनको भाउ यसदिन प्रतितोला आठ सय रूपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४४ हजार नौ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४४ हजार दुई सय रूपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार छापावाल सुन प्रतितोला एक लाख ४४ हजार एक सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४३ हजार चार सय रूपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला १८ सय ८५ रूपैयाँमा कारोबार भइरहेको छ ।
बुधबार चाँदी प्रतितोला १८ सय ७० रूपैयाँमा कारोबार भएको थियो ।

बुधबारको तुलनामा बिहीबार चाँदी प्रतितोला १५ रूपैयाँ बढेको हो ।आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २३ सय ८३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।