आँखा फरफराउनुका कारण यस्ता छन् :
१) ईडियोपेथिक (बिनाकारण )
२) तनाव
३) थकान
४) आँखाको दुखाई
५) धुम्रपान, मद्यपान तथा क्याफिन
६) सुख्खा आँखा
७) एलर्जी
८) अनिन्द्रा
९) पोषकतत्वको कमी / असन्तुलनता
१०) बढि उज्यालो
बिभिन्न अध्ययन अनुसार तनावलाई नम्बर एक कारणको रुपमा लिइने गरिन्छ । प्रायः महिलामा देखा पर्ने यो समस्या, कुनै कुनै मानिसहरुमा डरलाग्दो रुपमा पनि प्रस्तुत हुने गर्छ । यस्तो समस्याक कारण हुन:
१) परेलाको चाँया
२) आँखा पाक्नु
३) सुख्खआँखा
४) परेला भित्र गढ्नु
५) नानीमा घाउ हुनु
६) औषधीका सेवन
कहिलेकाही औषधिका कारण पनि आँखा फर्फफराउने गर्छ । छारे रोग, मानसिक रोगका लागी प्रयोग गरिने औषधीहरुले पनि आँखा सुख्खा बनाएर यस्तो रोग निम्त्याउन सक्छ ।
त्यस्तै, बेल्स् पाल्सि, मल्टिपल स्क्लेरोसिस, पार्किनसोनिज्म इत्यादी लगायतका नशा तथा शरिरिक रोग सम्बन्धि समस्याका कारण पनि आँखा फरफराउने गर्छ ।
-(डा. मोनिका कर्मचार्य मेडिकल डाइरेक्टर, दिव्यज्योती आई एण्ड इयर कियर सेन्टर प्रा.लि झापामा कार्यरत छिन्)