• आश्विन २० २०८१, आईतवार

ज्ञानेन्द्रलाई बुझाए झैं सत्ता नबुझाउन कांग्रेस-एमालेलाई सांसदको सुझाव

असार २५ २०८१, सोमबार

काठमाडाैं । सत्ता साझेदार राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले २०५९ सालमा ज्ञानेन्द्र शाहलाई र २०६९ सालमा खिलराज रेग्मीलाई सरकार बुझाएको घटना फेरि नदोर्होयाउन प्रतिपक्षी दल कांग्रेस र एमालेसँग अनुरोध गरेका छन् ।

सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद झाले कांग्रेस र एमालेले गर्न लागेको सहकर्मबाट ०५९ र ०६९ को घटना दोहोरिन नदिन दलहरूलाई आग्रह गरेका हुन् ।

दुई दलको सहकार्यले नभए रास्वपा नेतृत्व गर्न तयार भएको पनि उनले बताए । उनले भने ‘तपाईंहरू सक्नुहुन्न भने हामी पालो कुरेर बसेका छौं । बेचैन बनाउने बेचनको सहकार्यबिना यो देशलाई पार लगाउन तयार भएर बसेका छौं,’ ।