• आश्विन २० २०८१, आईतवार

मृगौलामा पत्थरी हुने कारण र रोकथामका उपायहरु

असार २५ २०८१, सोमबार

  मृगौलामा पत्थरी हुने कारण

  • पानी तथा तरल पदार्थको कम सेवन
  • अत्याधिक एनिमल प्रोटिन अर्थात्, मांसाहारको सेवन
  • रिफाइन सुगर(कृत्रिम रुपमा तयार पारिएको चिनी) को प्रयोग
  • अधिक सोडियम वा नुनको सेवन
  • पत्थरी बढाउने आहारको सेवन । जस्तोः अंगुर तथा स्याउको जुस, गेडागुडी माछालगायत उच्च प्रोटिनयुक्त आहारको अत्याधिक सेवन।
  • यस्तै, खानपिन बाहेक अन्य केहि त्यस्ता मेडिकल अवस्थाहरु पनि छन्, जसलाई पनि व्यक्तिमा पत्थरी हुनुपछाडिको उत्तिकै जिम्मेवार पक्षको रुपमा लिइन्छ
  • अन्य मेडिकल कन्डिशनहरु
  • जन्मजात रुपमै मेटाबोलिज्मको असन्तुलन देखिनु
  • हाइपर थाइराइटिज्म
  • रेनल ट्युब्लर एसिडोसिस
  • उच्च तौल तथा मोटोपना
  • र, आणुवंशिक

रोकथामका उपायहरु

१.पर्याप्त मात्रामा पानी तथा तरल पदार्थको सेवन

सामान्यतयाः विविध कारणवश् शरीरमा जम्मा भएका स–साना अथवा ५ मिलिमिटरभन्दा साना पत्थरीहरु हाम्रो पिसाबको माध्यमबाटै स्वतः शरीर बाहिर निस्कन्छन् ।

दुखाईको महशुस नगराउने यस्ता साना पत्थरीहरु ४ हप्ताभित्र शरीरबाट बाहिर निस्किसकेको हुन्छ ।

यद्यपि यसका लागि भने व्यक्तिले पर्याप्त मात्रामा पानी अथवा तरल पदार्थको सेवन गर्नुपर्छ ।

२.खानपिनका सुधार

पत्थरीबाट जोगिने प्रमुख उपाय भनेकै खानपिनमा सुधार गर्नु हो ।वर्तमान समयमा अधिकांशमा खानपिनकै कारण पत्थरीको जोखिम बढिरहेको देखिन्छ ।

यसर्थ हामीले आफ्नो खानपिनमा उचित नियन्त्रण गरेकै आधारमा पनि पत्थरीको जोखिमलाई धेरै हदसम्म कम गराउन सकिन्छ ।

यसका लागि हामीले रिफाइनयुक्त चिनी, अत्याधिक नुनको सेवन तथा सोडियमको प्रयोग गर्ने बानीलाई हटाउनु पर्छ, भने उच्च प्रोटिन पनि पत्थरीका निम्ति घातक भएकाले यसको उपभोगमा पनि उत्तिकै ध्यान पु¥याउनु पर्छ ।

प्रोटिनको सन्दर्भमा भन्नुपर्दा, तुलनात्मक रुपमा अन्य खानाभन्दा मांसाहार आहारबाट प्राप्त हुने प्रोटिन पत्थरीको निम्ति अति नै हानिकारक मानिन्छ ।

तसर्थ व्यक्तिले आफ्नो आहारमा शरीरको आवश्यकतालाई मात्र ध्यान दिदैँ माछामासुजन्य खानालाई सकेसम्म कम प्राथमिकता दिने र तरकारी तथा सागसब्जीहरुमा विशेष जोड दिनुपर्छ ।

३.तौलको उचित नियन्त्रण

उचित तौल भएका व्यक्तिको तुलनामा मोटा व्यक्तिहरुमा पत्थरी हुने सम्भावना अधिक रहन्छ ।

यसकारण पनि हामीले आफ्नो तौललाई उचित राख्नका लागि शारीरिक रुपमा सक्रिय रहने, खानपिनमा ध्यान दिने र नियमित शारीरिक व्यायाम गर्ने बानीको विकास गर्नुपर्छ ।

४.समय–समयमा स्वास्थ्य जाँच
पत्थरीले आफुलाई दुःख नदिएसम्म हामीलाई हाम्रो शरीरमा पत्थरी छ भन्ने समेत थाहा हुँदैन ।

यसको शुरुवातीमा नै पहिचान गर्न सके सबै बिरामीमा शल्यक्रियाको आवश्यकता नपर्ने भएकोले पनि यसको समयमै पहिचान गर्नु उत्तिकै महत्वपूर्ण रहन्छ ।

यसका लागि भने हामीले समय–समयमा आफ्नो होल बडि जाँच गर्ने बानी बसाल्नु पर्छ भने कहिलेकाहिँ हुने गरेको दुखाईलाई पनि बेवास्ता गर्नुहुदैँन ।