• आश्विन २० २०८१, आईतवार

आज सोमबारको विदेशी मुद्राको विनिमय दर,कुन देशको कति ?

असार २५ २०८१, सोमबार

काठमाडौं ।   नेपाल राष्ट्र बैंकले आज २०८१ साल असार २४ गते सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

लगातार बढेको बेलायती पाउण्डको खरिदले १७० नाघ्दा र बिक्री दर १७१ दशमलव ५० रुपैयाँ पुगेको छ । राष्ट्र बैंकका अनुसार सोमबार अमेरिकी डलर स्थिर छ । कतारी रियालको खरिद दर स्थित छ भने बिक्रीदर घटेको छ । आजका लागि यूरोको विनिमयदर सामान्य अंकमा बढेको छ।

अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ २८ पैसा र बिक्री दर १३३ रुपैयाँ ८८ पैसा पुगेको छ।

युरो एकको खरिद दर १४४ रुपैयाँ ४५ पैसा र बिक्री दर १४५ रुपैयाँ १० पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १७० रुपैयाँ ७३ पैसा र बिक्री दर १७१ रुपैयाँ ५० पैसा रहेको छ।
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५५ पैसा र बिक्री दर ३६ रुपैयाँ ५२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।