• आश्विन १९ २०८१, शनिबार

तीन तहको सुरक्षा निकायलाई हाई अलर्टमा रहन मुख्यमन्त्रीको निर्देशन

असार २४ २०८१, आईतवार

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले तीनै तहको सुरक्षा निकायलाई हाई अलर्टमा रहन निर्देशन दिएका छन् । मुख्यमन्त्री सोडारीको अध्यक्षमा आज बसेको विपद् व्यवस्थापन समितिको बैठकमा मुख्यमन्त्री सोडारीले राहत, उद्धारको लागि उच्च सतर्कता अपनाउन निर्देशन दिएका हुन् ।

मुख्यमन्त्री सचिवालयले दिएको जानकारी अनुसार तत्काल २ हजार नेपाल प्रहरी परिचालित रहेका छन् । साथै सशस्त्र प्रहरी र नेपाली सेनालाई पनि उच्च सतर्कतामा राखिएको हो ।केही दिनयता सुदूरपश्चिम प्रदेशमा निरन्तर वर्षा भइरहेको छ ।

प्रदेशको कैलाली र कञ्चनपुर जिल्लामा बाढी जोखिम बढेको छ । भने पहाडी जिल्लामा पहिरोले दर्जनौँ सडकहरू अवरुद्ध भएको जनाइएको छ ।