• आश्विन १९ २०८१, शनिबार

एमालेको संसदीय दलको बैठक बस्दै

असार २४ २०८१, आईतवार

काठमाडौं । नेकपा एमालेको संसदीय दलको बैठक बस्दै छ । आज बिहान ११ बजे प्रतिनिधि सभाको बैठक बस्न लागेकाले त्यसअघि एमालेले संसदीय दलको बैठक बोलाएको हो । एमाले संसदीय दलको बैठक आइतबार बिहान १० बजे संसद भवनमा बस्दै छ ।

एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए अनुसार नेपाली कांग्रेस र नेकपा एमालेबीच सत्तासाझेदारी गर्ने सम्बन्धमा समझदारी भएअनुरुप भावी योजनाबारे छलफल गर्न बैठक आह्वान गरिएको हो ।