• मंसिर ६ २०८१, बिहीबार

कृत्रिम बौद्धिकतामा अब्बल चीन

असार २४ २०८१, आईतवार

अहिलेको जमाना कृत्रिम बौद्धिकता (एआई) को हो । हालैका दिनमा यसको प्रभाव र असर बारेमा अनुमानमा चर्चा हुने गरेको भए पनि यसका सकारात्मक र नकारात्मक प्रभाव छिट्टै भोग्दैछौं हामी । पहिले अमेरिका र पछि जापान भनिए पनि अहिले कृत्रिम बाौद्धिकतामा चीनको अग्रताको चर्चा हुन थालिसकेको छ ।

अमेरिका स्वभावैले बूढो हुँदै जानु र चीन उदाउँदै जानु यसका पछाडिका खास कारण हुन् । युग सधैं एउटैको रहँदैन । युग अनुसार कसैको उत्थान, कसैको गत्यावरोध र कसैको अवनति भएरै जान्छ ।

सापेक्ष शान्ति, प्रगति र विकासको बाटोमा रहेको हुनाले सम्पन्न चीनले एआईमा द्रुततामा प्रगति गरिरहेको छ । हाल योसँग प्रविधि नयाँ नयाँ छन् । तिनबाट उत्पादित वस्तु वा साधन नयाँ नयाँ छन् ।

आधारभूत अनुसन्धान र शोधपत्र प्रकाशनमा अमेरिका अगाडि नै रहेको कुरा चीनले दोह¥याउँदै आएको छ । तर यसको विविधता प्रयोगमा चीन अगाडि देखा परिसकेको छ । यसलाई मूल्य सिर्जना दृष्टिकोण अर्थात् ‘भ्यालु क्रियटेड प्रस्पेक्टिभ’ भनिन्छ । यसमा चीन विश्व बजारमा अमेरिकाभन्दा अगाडि छ ।

अध्ययन, अनुसन्धान र निर्माणका कार्य पहिलेदेखि गरिरहे सन् २०१७ मा मात्र चीनले नयाँ पुस्ताको कृत्रिम बौद्धिकता विकास गुरु–योजना सार्वजनिक गरेको हो । यो योजनाले अमेरिका लगायतका शक्तिकेन्द्र तर्सिएका थिए भने बाँँकी विश्व चकित परेको थियो ।

मोटामोटी सात वर्षकै अवधिमा विश्वमा अहिले ८५ प्रतिशत चिनियाँ कम्पनी एआईका क्षेत्रमा खेलाडीका रूपमा देखा परिसकेका छन् । चीनका राष्ट्रपति सी जिनपिङ विज्ञान र प्रविधिबारेमा निकै चासो राख्ने व्यक्ति हुन् । चीनले एआईको विकास सैन्य एवं आर्थिक विकास बराबरीमा महत्व दिने गरिरहेको देखिन्छ ।

चीनको एआई चमत्कार विश्वमा हाल निकै लोकप्रिय रहेको खेल प्रतिस्पर्धा नै हो । यसले चिनियाँ एआईलाई अन्तरीक्ष बराबरको गति दियो । भनिन्छ, ‘सन् २०१७ मा गुगलले आविष्कार गरेको एआई मेसिन अल्फागोले गो गेमका विश्व विजेता के जीलाई हराएपछि चीनमा एआई फैलिन सुरु भएको हो ।’

यो घटनाक्रमलाई नियालेर मानिसले ‘मानवातामाथि मेसिनको विजय’को रूपमा अथ्र्याए । यसलाई चीनले पश्चिमी प्रविधिले विश्वमाथि विजय हासिल गरेको रूपमा लियो । यो चीनका लागि गह्रङ्गो प्रेरणा बन्यो । अमेरिका डिजिटल संसारमा खेलिरहेको थियो । फेसबुक र गुगलजस्ता कम्पनीले यसमा निकै महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका थिए ।

चीन पनि सन् २०१६देखि एआईमा प्रतिस्पर्धी देखा परेपछि शक्तिशाली नेटवर्क विकास हुँदै गए । फोरजी र फाइभजी नेटवर्क यस प्रतिस्पर्धामा विकास भएका हुन् । चीनका सरकारी अधिकारी, लगानीकर्ता एवम् उद्यमी एआईको आकर्षणमा परे । एआईलाई बाहुपासमा लिए । अहिले चीनमा एआई विद्यार्थीको सङ्ख्या अत्यधिक छ ।

चीनले प्रविधिको प्रयोग चिनियाँ सैन्य क्षमतामा पनि गरिरहेको छ । चीनको जनमुक्ति सेना विश्वकै तेस्रो शक्तिशाली सेना हो । चीनले सैन्य क्षेत्रमा एआईको भविष्य देख्न थालिसकेको छ ।

मानवरहित लडाइँको तयारी चिनियाँ सेनाले आफ्नै नेतृत्वमा अघि बढाइसकेको विश्वका शक्ति राष्ट्रहरूले महसुस गरिरहेका छन् । चिनियाँ सेनाले एआईमा आधारित रोबोट विकास गरिरहेको भनिएको छ ।

चिनियाँ जनमुक्ति सेनाले भारतीय सीमानजिक मेसिन गन चलाउने रोबोट तैनाथ गरेको समाचारले विश्व आश्चर्यचकित गराएको थियो । अहिले चिनियाँ सेनालाई फाइव जी र एआईको अनुपम दोभान वा सङ्गम भन्न थालिएको छ ।

चीनको इन्टेलीजेन्ट मिलिट्रीको विकासले विश्व राजनीतिमा नयाँ तरङ्ग ल्याएको छ । यसले विश्वको अन्तरीक्ष र आणविक दौडलाई धरातलीय ब्याटलमा उतारेको छ । अब थलयुद्ध र त्यो पनि एआई सेनामा आधारित भएपछि आणविक अस्त्रको न्युन प्रभाव रहने सोचिएको छ ।