• मंसिर १२ २०८१, बुधबार

डुबेका बस्तीको तस्वीर राखेर ओलीप्रति बालेनको कटाक्ष : ‘पचाउन लागिएको गिरीबन्धुको पैसाले नदी किनारका १५ हजार परिवार व्यवस्थापन गर्न सकिन्छ’

असार २३ २०८१, शनिबार

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले प्रधानमन्त्री बन्न लागेका एमाले अध्यक्ष केपी शर्माको नाममा सामाजिक सञ्जालमा एक पोस्ट गरेका छन् ।

अविरल वर्षापछि काठमाडौंका नदी किनाराका बस्ती डुबेपछिको तस्वीरसहित बालेनले ओलीलाई त्यस्ता बस्ती हटाउन प्रधानमन्त्री बनेपछि काम गर्नुहोला भनेका छन् ।

उनले गिरीबन्धुको पचाउन लागेको रुपैयाँले यस्ता १५ हजार परिवारलाई व्यवस्थापन गर्न सकिनेसमेत उनको भनाइ छ ।
उनले काठमाडौंको नदी किनारामा बस्ने २ हजार परिवारको समस्या समाधान गर्ने भन्दै ३० वर्ष झुलाइएको समेत दाबी गरेका छन् ।