• आश्विन १९ २०८१, शनिबार

डुब्यो टेकु दोभान

असार २३ २०८१, शनिबार

काठमाडौँ । काठमाडौँको टेकु दोभान डुबानमा परेको छ । अविरल वर्षासँगै नदी उर्लिएर आएपछि बाढी आवास क्षेत्रमा प्रवेश गरेको हो ।शुक्रबार रातिदेखि काठमाडौँ उपत्यकामा निरन्तर वर्षा भइरहेको छ ।

वर्षाका कारण काठमाडौँ उपत्यका भएर बग्ने नदी र खोलामा बाढी आएको छ । बाढीका कारण उपत्यकाका धेरै क्षेत्रहरू डुबानमा परेका छन् ।