• आश्विन १९ २०८१, शनिबार

मधेसमा माओवादी केन्द्रसहित चार दलका मन्त्री बर्खास्त

असार २३ २०८१, शनिबार

असार २२ । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सरकारमा सहभागी माओवादी केन्द्रसहित चार दलका मन्त्रीलाई बर्खास्त गरेका छन् ।

शनिबार मुख्यमन्त्री सिंहले सरकारमा सहभागी नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी र संघीय समाजवादी पार्टीका मन्त्रीहरूलाई बर्खास्त गरेका हुन् ।

मुख्यमन्त्री सिंहले माओवादी केन्द्रबा अर्थमन्त्री बनेका भरतप्रसाद साह, उद्योग वाणिज्य तथा पर्यटन मन्त्री युवराज भट्टराई, नेकपा एसका कृषिमन्त्री गोविन्द न्यौपाने र खानेपानीमन्त्री बेची लुङ्गेली, नेपाल संघीय समाजवादी पार्टीबाट गृहमन्त्री बनेकी विमला अन्सारी र नेपाल नागरिक उनमुक्ती पार्टीबाट यातायात मन्त्री

बनेकी उर्मिला सिंहलाई बर्खास्त गरेका हुन् । बर्खास्तीको पत्र मुख्यमन्त्री सिंहले प्रदेश प्रमुखको कार्यालयलाई पठाएका छन् । मुख्यमन्त्री सिंहले शनिबार दिउँसो प्रदेशसभामा विश्वासको मत लिन लागेका छन् ।

त्यसअघि मुख्यमन्त्री सिंहले चार दलका मन्त्रीलाई बर्खास्त गरेका हुन् । मुख्यमन्त्री सिंहलाई कांग्रेस र एमालेले विश्वासको मत दिने भएका छन् ।