काठमाडौं । दाङमा अविरल वर्षाका कारण लुम्बिनी प्रदेशका केही मन्त्रालय डुबानमा परेका छन् । लुम्बिनी प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुन मगरले आर्थिक मामिला तथा योजना मन्त्रालय र अन्तरिक मामिला तथा कानुन मन्त्रालय डुबानमा परेको जानकारी दिए ।
‘दुई मन्त्रालयमा एक फिटसम्म पानी पसेको छ,’ पुनले भने, ‘केही क्षेत्रमा निर्माणको काम भइरहेकोले पनि पानी पसेको छ । नालीभन्दा मन्त्रालयका भवनहरू तल हुँदा समस्या देखियो ।’ दाङको देउखुरी क्षेत्र पनि डुबानमा परेको छ ।