• आश्विन १९ २०८१, शनिबार

अविरल वर्षाका कारण उपत्यकाका खोलामा पानीको सतह बढेपछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै खोला किनारमा प्रहरीको पेट्रोलिङ

असार २३ २०८१, शनिबार

काठमाडौँ । अविरल वर्षाका कारण उपत्यकाको नदीहरूमा पानीको सतह बढेको छ । पानीको सतह बढेपछि सम्भावित जोखिमलाई मध्यनजर राखेर प्रहरीले खोला किनारमा पेट्रोलिङ गरिरहेको छ ।

उपत्यका स्थित बागमती, विष्णुमती र मनोहरा खोलामा नियमित गस्ती पट्रोलिङ भइरहेको उपत्यका प्रहरी कार्यालयका प्रवक्ता (एसएसपी) दिनेश मैनालीले बताए । दुर्घटना भएमा उद्धारका लागी सुरक्षाकर्मी तयारी अवस्थामा राखिएको एसएसपी मैनालीले जानकारी दिए । गए रातिदेखि सुरु भएको अविरल वर्षासँगै आएको बाढीका कारण उपत्यकामा कुनै अप्रिय घटना भएको छैन ।