• आश्विन १९ २०८१, शनिबार

एमाले संसदीय दलको बैठक बस्दै,आलोपालो प्रधानमन्त्रीबारे छलफल गरिने

असार २३ २०८१, शनिबार

काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । आइतबार बिहान १० बजे नयाँबानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बैठक बस्नेछ ।

बैठकमा पछिल्लो विकसित राजनीतिक घटनाक्रम तथा कांग्रेससँगको सत्ता समीकरणको सहमतिबारे सांसदहरुलाई जानकारी गराउने प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।

गत सोमबार राति कांग्रेससँग सत्ता समीकरणको सहमतिसँगै एमाले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारबाट बाहिरिसकेको छ । यस्तै, सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ ।

कांग्रेस र एमालेबीच सरकारको नेतृत्व आलोपालो, संविधान संशोधन लगायतका विभिन्न बुँदामा सहमति भएको छ । यस्तै कांग्रेसको समेत संसदीय दलको बैठक बस्ने भएको छ । कांग्रेसले बैठक दिउँसो ३ बजे बोलाएको छ ।