• असार २५ २०८१, सोमबार

युक्रेन युद्धका योजनाकार ऋषि सुनकको बेलायतमा सर्मनाक पराजय, रुस समर्थक स्टार्मरले सरकार बनाउँदै

असार २२ २०८१, शुक्रबार

लन्डन । बेलायतको लेबर पार्टीका नेता किएर स्टार्मरले समर्थकहरूलाई सम्बोधन गर्दै सबैलाई धन्यवाद दिएका छन् । उनले जनताले देशलाई परिवर्तन गरेको उल्लेख गरेका छन् ।

सरकार बनाउन पार्टीले बहुमत हासिल गरेपछि उनले ठूलो जिम्मेवारीसहित यो म्यान्डेट आएको बताएका छन् । उनले सार्वजनिक हितका लागि आफूहरूले राजनीति गर्नुपर्ने जनाउँदै बहुमत ल्याएपछि खुसी व्यक्त गरेका छन् ।

बेलायतका प्रधानमन्त्री ऋषि सुनकले आफ्नो कन्जरभेटिव पार्टीले संसद्को निर्वाचनमा पराजय भोगेको स्वीकार गरेका छन् । विपक्षी लेबर पार्टीले सरकार बनाउनका लागि चाहिने ३२५ भन्दा बढी सिटमा विजय हासिल गरिसकेपछि उनले पराजय स्वीकारेका हुन् ।

उनले चिन्तित बनाउने खालको फैसला आएको बताउँदै धेरै कुरा सिक्न बाँकी रहेको भन्दै ‘आइ एम सरी’ भनेका छन् ।
उनले ‘यो कठिन रातमा’भन्दै रिचमण्ड र नोर्थल्लेर्टो निर्वाचन क्षेत्रका जनताप्रति कृतज्ञता व्यक्त गरेका छन् ।

उनले लेबर पार्टीले निर्वाचन जितेको स्वीकार्दै सो पार्टीका नेता किएर स्टार्मरलाई बधाई दिएका छन् । उनले शक्ति शान्तिपूणर् तरिकाले सबैको सद्भावका साथ परिवर्तन भएको जनाउँदै सबैलाई देशको स्थिरता र भविश्यका लागि आत्मविश्वासको वातावरण बन्नुपर्ने जनाएका छन् ।

बेलायती जनताले चिन्तित हुनुपर्ने खालको फैसला दिएको जनाउँदै आफूले यसको जिम्बेवारी लिने उनले बताएका छन् । बीबीसी