• असार २५ २०८१, सोमबार

आज विदेशी मुद्राको विनिमय दर,डलर घट्दा पाउण्ड बढ्यो

असार २२ २०८१, शुक्रबार

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज २०८१ साल असार २१ गते शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

राष्ट्र बैंकका अनुसार  बेलायती पाउण्डको खरिद र बिक्रीदरले १७० रुपैयाँ पार गरेको छ । अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३० पैसा र बिक्री दर १३३ रुपैयाँ ९० पैसा पुगेको छ।

युरो एकको खरिद दर १४३ रुपैयाँ ९२ पैसा र बिक्री दर १४४ रुपैयाँ ७५ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १७० रुपैयाँ ०२ पैसा र बिक्री दर १७० रुपैयाँ ७८ पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५६ पैसा र बिक्री दर ३६ रुपैयाँ ७२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।