• असार २४ २०८१, आईतवार

एकीकृत समाजवादीको अध्यक्षमा माधव नेपाल सर्वसम्मत चयन

असार २१ २०८१, बिहीबार

काठमाडौँ । नेकपा एकीकृत समाजवादीको महाधिवेशनबाट माधव नेपाल सर्वसम्मत अध्यक्ष चयन भएका छन् । यस्तै सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा धनश्याम भुसाल सर्वसम्मत भएका छन् ।

कमलादीस्थित प्रज्ञा भवनमा जारी निर्वाचन कार्यक्रमका क्रममा तीन जना सर्वसम्मत भएको घोषणा गरिएको हो ।