• असार २४ २०८१, आईतवार

नेपाल मगर युवा संघको चौथो राष्ट्रिय महाधिवेशन असार २१ र २२ गते काठमाडौंमा हुने

असार २१ २०८१, बिहीबार

काठमाडौं । नेपाल मगर युवा संघको चौथो राष्ट्रिय महाधिवेशन काठमाडौंमा यही असार २१ र २२ गते हुने भएको छ । ‘मगरात सभ्यता र मगर पहिचान सहितको समृद्ध समाज निर्माण हाम्रो आव्हान, नयाँ नेपाल तथा शसक्त मगर युवाहरुको पक्षमा चौथो राष्ट्रिय महाधिवेशन’ भन्ने मुल नाराका साथ महाधिवेशन हुने सो संगठनका संयोजक जयप्रकाश बुढामगरले जानकारी दिए ।

संयोजक मगरले मगरात भूमिमा रहेका मगर लगायतका उत्पीडित जातिका मानिसहरुको राज्यका अंगहरुमा समानुपातिक प्रतिनिधित्व स्थापनाको लागि आन्दोलित हुनु आफ्नो संगठनको मुख्य कार्यभार रहेको बताए ।

मगर जातिको सांस्कृतिक पहिचानको रक्षाको लागि युवाहरुमा चेतना जगाउने र त्यसका लागि जुझारु संगठन निर्माण गरेर अगाडी बढ्ने गरी आफ्नो संगठनले नीति बनाउने पनि संयोजक बुढाको भनाई रहेको छ ।

उनले यसपालिको महाधिवेशन सम्पन्न गर्ने कार्यमा देश तथा विदेशमा छरिएर रहेका मगर तथा अन्य समुदायहरुमा आर्थिक, भौतिक तथा नैतिक समर्थनको लागि अपील पनि गरेका छन् ।