• असार २४ २०८१, आईतवार

फेरि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

असार २१ २०८१, बिहीबार

काठमाडौं । सुनको मूल्य फेरि बढेको छ । सुनको मूल्य तोलामा एक हजार छ सय रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन बिहीबार प्रतितोला एक लाख ४४ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि बुधबार छापावाल सुन एक लाख ४२ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो ।यसैगरी, तेजाबी सुन प्रतितोला एक लाख ४३ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि बुधबार तेजाबी सुन प्रतितोला एक लाख ४२ हजार रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य पनि प्रतितोला ४० रुपैयाँले बढेको छ । बुधबार प्रतितोला एक हजार आठ सय २५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार एक हजार आठ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।