• असार २४ २०८१, आईतवार

कपालको स्याहार कसरी गर्ने?

असार २१ २०८१, बिहीबार

 कपालको स्याहार गर्ने केही टिप्सहरु

१) यदि हाम्रो कपाल झरेर पातलो भएको छ भने वा बढ्न पनि गाह्रो भएको छ भने चियापति हालेर पकाएको पानीमा अमलाको धूलो मिसाएर कपालमा प्याक रुपमा प्रयोग गर्नाले कपाल छिटो बढ्नुको साथै कपाल झर्ने समस्याबाट मुक्त भइ बाक्लो हुन्छ ।
२)हाम्रो कपाल सेतो हुन थालेको छ भने कागती र प्याजको रस मिसाएर हाम्रो जरामा लगाएर हल्का मसाज गर्न र १५ देखि २० मिनेटसम्म राखेर स्याम्पु गर्नाले सेतो कपालबाट छुटकारा पाइन्छ ।
३) दैनिक हामीले हाम्रो कपाललाई मसाज गर्ने । जस्तै काइयोले कपाल कोरेर वा हातले हल्का चलाएर ।
४) हप्तामा एकचोटी नरिवलको तेललाई तताएर त्यसमा प्याजको रस मिसाएर लगाउन सकिन्छ ।
५) चामल पखालेको पानीले हेयर स्प्रे गर्न र जरामा लगाउने।
६) इलेक्ट्रोनिक सामानद्धारा गरिने हेयरस्टाइल र रसायनिक पर्दाथबाट गरिने हेयरस्टाइलहरु कम मात्रा प्रयोग गर्न ।
७) स्वास्थ्य कपालको लागि बदाम तथा आलस खाने गर्नु पर्दछ ।