• असार २४ २०८१, आईतवार

राजीनामा नदिई फर्किए बालुवाटार पुगेका रास्वपाका मन्त्रीहरु

असार २१ २०८१, बिहीबार

२० असार, काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटार पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मन्त्रीहरू राजीनामा नदिई फर्किएका छन् ।राजीनामा दिने तयारीका साथ मन्त्रीहरू बालुवाटार पुगेका थिए ।

तर, प्रधानमन्त्री प्रचण्डसँगको छलफल पछि उनीहरू राजीनामा नदिएर फर्किएका छन् । प्रधानमन्त्री प्रचण्डले आफूले संसदबाट विश्वासको मत लिने र सहयोग गर्न भनेपछि राजीनामा नदिने भएको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए ।