• असार २४ २०८१, आईतवार

चट्याङबाट कसरी बच्ने ?

असार २१ २०८१, बिहीबार

प्राकृतिक विपत्तिका रूपमा आउने चट्याङले हरेक वर्ष मृत्यु हुनेको संख्या बढ्दै गएको छ ।

समुद्र सतहभन्दा १५ हजारदेखि २५ हजार फिटमाथि आकाशमा उत्पन्न विद्युतको प्रवाह हो चट्याङ । यो जब बादलमा भएका कणहरू आवेसित भएर धन र ऋण आवेशमा परिवर्तित हुन्छन्, तब विद्युत् उत्पन्न हुन्छ । यो करेन्ट कहिलेकाहीँ पृथ्वीको सतहमा उच्च भोल्टेजले ठक्कर खान्छ । यसैलाई हामी आकारमा बिजुली चम्केको वा चट्याङ हानेको भन्छौँ ।

अमेरिकन कलेज अफ इमर्जेन्सी फिजिसियनको तथ्यपत्र अनुसार केही सामान्य बचाउको प्रयासले चटयाङबाट हुने दुर्घटनाबाट जोगिन सकिन्छ ।

१. चट्याङ पर्न लाग्दा फलामे वस्तुबाट टाढै बस्नुपर्छ ।
२. यस्तो बेलामा सकेसम्म विद्युत् उपकरणको प्रयोग गर्नु हुँदैन ।
३. यो बेलामा बिजुलीको पोल छेउमा बस्नु हुँदैन ।
४. सकेसम्म मोबाइल वा टेलिफोनको उपयोग नगर्नु नै राम्रो हुन्छ ।
५. चट्याङ पर्न लाग्दा पानीमा पौडिरहेको भए समतल भूमिमा निस्कनुपर्छ ।
६. चट्याङ पर्न लाग्दा सुरक्षित स्थानमा आश्रय लिनु पर्दछ ।
७. अग्लो वस्तु रूख, झन्डा बाँध्ने पाइप वा बाँस नजिक जानु हुँदैन ।
८. यस्तो बेलामा खुल्ला चौर, खुल्ला संरचना र गाडीमा पनि जानु हुँदैन ।
९. विद्युतको सुचालक वस्तु जस्तै: कम्प्युटर, टेलिफोनभन्दा टाढा बस्नु पर्दछ ।
१०. चट्याङको आवाज आइरहेको बेला तारवाला फोन उपयोग गर्नु हुँदैन ।
११. आकाशमा बादल तीव्रताका साथ गर्जिरहेको छ भने पक्की भवनमा आश्रय लिनुपर्छ ।
१२. वर्षाको चट्याङ केही समय मात्र हुने भएकाले बाहिर पर्नुभयो भने पर्खनु राम्रो हुन्छ ।
१३. कुनै व्यक्ति चट्याङले प्रभावित भएको भए तुरुन्त अस्पताल लानु पर्दछ ।
१४. चट्याङ प्रभावित व्यक्तिको शरीरमा विद्युतीय झड्का रहँदैन त्यसैले यस्ता व्यक्तिलाई छुँदा कुनै असर पर्दैन ।
१५. चट्याङ पर्दा खुल्ला ठाउँमा भुईँमा पल्टिनु बढी सुरक्षित हुन्छ ।