• असार २३ २०८१, शनिबार

महामन्त्री ढकालले रविलाई बुझाएको प्रतिवेदन नै नक्कली, मच्चियो रास्वपामा खैलाबैला

असार २० २०८१, बुधबार

काठमाडौं । रास्वपाका महामन्त्री डा. मुकुल ढकालले बाहिर सार्वजनिक गरेको र पार्टी सभापति रवि लामिछानेलाई बुझाएको प्रतिवेदन फरक रहेको पाइएको छ । ढकालले प्रतिवेदनका केही अंश आफै मिडियामार्फत् सार्वजनिक गराएका थिए ।

तर, बाहिर आएका जस्ता विषयहरू सभापति लामिछानेलाई बुझाइएको प्रतिवेदनमा उल्लेख नरहेको पार्टीका सहप्रवक्ता मनिष झाले बताए । उनले भने, ‘बाहिर आएका विषयहरू सभापतिलाई बुझाइएको प्रतिवेदनमा छैनन् ।’

रास्वपा केन्द्रीय समिति बैठक अहिले जारी छ । बैठकमा महामन्त्री ढकालको प्रतिवेदनमा छलफल भइरहेको छ । प्रतिवेदनमाथि नेताहरूले अभिमत राखिरहेका छन् । प्रतिवेदनमाथिको छलफल सकिएपछि हुबहु सार्वजनिक हुने नेताहरूले बताएका छन् ।