• असार २३ २०८१, शनिबार

रुसी आक्रमणमा अमेरिकाले दिएका ९ युद्धक विमानहरू खरानी (भिडियाेसहित)

असार २० २०८१, बुधबार

किएभ । रुसी सेनाले २४ घण्टामा युक्रेनको मिर्गोरोड एयरफिल्डमा आक्रमण सहित नौ वटा युक्रेनी लडाकु विमान नष्ट गरेको बताएको छ ।
उनीहरूले पश्चिममा निर्मित मिसाइल र धेरै ड्रोनलाई रोकेको दाबी गर्छन् । इस्कन्डर–एम मिसाइलहरूद्वारा गरिएका आक्रमणहरूले युक्रेनका  Su-27-MiG-29  विमानहरू क्षतिग्रस्त वा नष्ट भएका छन् ।

अमेरिका र युरोपियन देशहरु जर्मन, फ्रान्स र बेलायतले दिएका लडाकू विमानहरु रुसले नष्ट गरिदिएपछि युक्रेनलाई झड्का लागेको छ । विगत २ वर्षदेखि रुस र युक्रेनबीच युद्ध चलिरहेको छ ।

अमेरिकाले युक्रेनको भूमिबाट रुसमाथि आक्रमणको तयारी गरेको सूचना पाएपछि रुसले युक्रेनमा आक्रमण थालेको जानकारहरु बताउँछन् । युद्धको चपेटामा परी डेढ करोड युक्रेनीहरु युरोप पलायन भएका समाचारहरु आएका छन् ।