• असार २५ २०८१, सोमबार

दाँत सिरिङ –सिरिङ किन हुन्छ?यस्ता छन् उपचार

असार २० २०८१, बुधबार

दाँत सिरिङ –सिरिङ हुनुका कारण यस्ता छन्ः

– दाँत कीराले खादा
– दाँतको सिमेन्ट निस्किदा
– एकपटक भरेको दाँतमा फेरि कीराले खान सुरु गर्दा
– कहिलेकाहीँ सिमेन्ट भरेपछि, ब्लिचिङ गरेपछि
– एसिडयुक्त मुख कुल्ला गर्ने औषधिको प्रयोगले गर्दा

उपचार :
यदि दाँत सिरिङ–सिरिङ हुने समस्या छ भने तुरुन्तै दन्त चिकित्सककहाँ गएर कारण पत्ता लगाउनुपर्छ। कारणअनुसार उपचार फरक पर्छ।
१) संवेदनशीलतामा  प्रयोग गर्ने मन्जनहरु थुप्रै नाममा बजारमा उपलब्ध छन् जुन दुई हप्ताजति प्रयोग गरे सिरिङ–सिरिङको समस्या बिस्तारै कम भएर जान्छ।
२) यदि गिजा धेरै तल सरेर दाँतको जरा देखिएर यस्तो समस्या आएको हो भने सर्जरी पनि गर्नुपर्ने हुन सक्छ। यसो गर्दा देखिएको दाँतको जरा छोपिन्छ र समस्या कम भएर जान्छ।
३) दाँत किट्ने बानीले यो समस्या आएको हो भने माउथगार्ड लगाउनु पर्छ।
४) दाँत किराले खाएर यो समस्या आएको हो भने तुरुन्त दन्त चिकित्सककहाँ गएर दाँत भरिहाल्नुपर्छ।
५) यदि पहिले भरेको दाँतको सिमेन्ट निस्किएको छ भने फेरि भर्नुपर्छ।
६) सकेसम्म पेटको समस्याको उपचार छिट्टो गराइहाल्नुपर्छ।
७) नमिलेको दाँतको अर्थोडोन्टिक उपचार गराउनुपर्छ, जसमा तारको सहायताले नमिलेको दाँत मिलाइन्छ र दाँत अझै खिइनबाट बचाउन सकिन्छ।
८) यदि माथि उल्लेखित उपचार गर्दा पनि निको नभएमा रुट क्यानल उपचार गराउनु पर्ने हुन सक्छ।

– डा सुनीता खनाल (खनाल कान्तिपुर डेन्टल कलेजमा स्नातकोत्तर तेस्रो वर्ष (कम्युनिटी दन्त चिकित्सा)मा अध्ययनरत छिन्)