काठमाडौं । नेपाली कांग्रेसले एमालेले साँझसम्म सरकारमा सहभागी मन्त्रीहरु आज साँझसम्म फिर्ता गर्ने निष्कर्ष निकालेको छ ।
कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बूढानिलकण्ठमा बसेको कार्यसम्पादन समितिको बैठकपछि यस्तो टिप्पणी गरेका हुन् ।
‘एमालेले सम्भवत : आज साँझसम्म प्रक्रिया अपनाउला । सरकारमा सहभागी मन्त्री फिर्ता गर्ला । त्यसपछि प्रधानमन्त्रीले निकास दिने कुरा आउला ।’