• असार २२ २०८१, शुक्रबार

रास्वपा केन्द्रीय समिति बैठकमा आज महामन्त्रीले बुझाएको प्रतिवेदनमाथि छलफल हुने

असार २० २०८१, बुधबार

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज बस्दैछ । बैठक बिहान ८ बजे पार्टी केन्द्रीय कार्यलय, चःमति, वनस्थलीमा बसेको हो ।  बैठकमा पार्टी महामन्त्री मुकुल ढकालले सभापति रवि लामिछानेलाई गत बुधबार बुझाएको समीक्षा प्रतिवेदनमाथि छलफल हुने जनाइएको छ ।

महामन्त्री ढकालले पार्टीको गतिविधिबारे देशका ३८ जिल्ला घुमेर समीक्षा प्रतिवेदन तयार पारेका थिए ।
आजको केन्द्रीय समिति बैठकको प्रत्यक्ष प्रशारण गर्न महामन्त्री ढकालले सभापति लामिछानेसँग प्रस्ताव गरेको थिए ।

यस्तै, बैठकमा मुलुकमा एक्कासि विकसित पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा पनि छलफल हुनेछ ।
यसअघि हिजो बसेको पदाधिकारी बैठकले कांग्रेस–एमालेको नयाँ समीकरण तथा सोही समीकरणमा बन्ने सरकारमा पनि सहभागी नहुने निर्णय गरिसकेको छ ।
रास्वपाले नयाँ सरकार गठनको प्रक्रिया सुरु नहुँदासम्म सरकारमै रहने र प्रक्रिया सुरु हुनासाथ सरकार छाड्ने जनाएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा रास्वपाका ४ मन्त्री छन् ।