• असार २२ २०८१, शुक्रबार

माधवलाई सरकारमा आउन देउवाको अफर

असार १९ २०८१, मंगलवार

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

बूढानीलकण्ठस्थित देउवा निवासमा भएको भेटवार्तामा पछिल्लो राजनीतिक विकासक्रमबारे छलफल भएको एकीकृत समाजवादीका नेता आलोक रायमाझीले जानकारी दिए ।

सभापति देउवाले कांग्रेस र एमालेबीच राष्ट्रिय सहमतिको सरकार गठन गर्ने सम्बन्धमा भएको सहमतिबारे अध्यक्ष नेपाललाई जानकारी दिँदै त्यसमा सामेल हुन प्रस्ताव गरेको नेता रायमाझीले बताए ।

उनका अनुसार अध्यक्ष नेपालले सभापति देउवाले गरेको प्रस्तावमाथि पार्टीमा छलफल गरेर जानकारी दिने बताएका छन् ।