• असार २१ २०८१, बिहीबार

थापाथलीको बागमती पुलमुनि एक पुरुषको शव फेला

असार १९ २०८१, मंगलवार

१८ असार, काठमाडौं । थापाथलीको बागमती पुलमुनि एक पुरुषको शव भेटिएको छ । शवको प्रकृति हेर्दा सहज मृत्युजस्तो नदेखिएको प्रहरीले बताएको छ ।

सोमबार भेटिएको उक्त शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पठाइएको छ । अहिलेसम्म पोष्टमार्टम रिपोर्ट आइनसकेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए ।

उनका अनुसार उक्त शव नदीले बगाएर ल्याएको थियो । पुलमुनि आएर अड्एिपछि प्रहरीले निकालेको हो । अन्दाजी ३५ वर्षका पुरुषको शव फेला परेको २४ घण्टा बित्दा समेत सनाखत हुन सकेको छैन । शवको सनाखत भएपछि बल्ल थप विषयहरु खुल्ने भन्दै शव पहिचानको प्रक्रिया प्रहरीले अघि बढाएको छ ।