• असार २१ २०८१, बिहीबार

बेचन झा पक्राउ परेसँगै कांग्रेस र एमालेमा बेचैनी पैदा भयो : गृहमन्त्री लामिछाने

असार १९ २०८१, मंगलवार

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बेचन झा पक्राउ प्रकरणले बेचैनी निम्त्याएको र नेपाली कांग्रेस र नेकपा (एमाले) को बीचमा नयाँ गठबन्धन बनेको बताएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका सभापति लामिछानेले संविधान जोगाउन खोजेको कि कसलाई जोगाउन खोजेको भनेर सबैले बुझेको बताएका छन् ।

‘जे भएको छ केही भन्नै पर्ने छैन । सबै कुरा स्पष्ट पाइसकेको छ । तपाईंहरूले देखिहाल्नुभएको छ । जुन ढंगले सरकार अघि बढेको थियो । तपाईंहरू नै भन्नुहुन्थ्यो, फाइल खोल्नुर्पयो, फाइल खोल्नुर्पयो । फाइल यस्तो खुल्यो कि एक रात पनि टिक्न नसक्ने गरी भयो । मैले के भन्नु र !’, उनले भने ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा बेचेन झा पक्राउ परेकाले हो गठबन्धन फेरबदल भएको हो भनेर सञ्चारकर्मीले सोधेको प्रश्नमा उनले बेचैनीको अरू के अर्थ होला र ? भन्दै प्रतिप्रश्न गरे ।