• असार २१ २०८१, बिहीबार

सरकार फोर्ने मात्र होइन, संविधान नै उल्ट्याउने खतरा बढ्यो : देवेन्द्र पौडेल

असार १९ २०८१, मंगलवार

काठमाडौं । नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले नयाँ सरकारको समिकरणले २०४७ सालको संविधान ब्युँतिने खतरा बढेको बताएका छन् ।

कांग्रेस एमालेले संविधान संशोधनका लागि नयाँ समिकरण बनेको भनेसँगै पौडेलले देशमा के त्यस्तो संकट आइर्पयो र संविधान संशोधन गर्नुर्पयो भनेर प्रश्न गरे ।

‘सरकार छोड्नुर्पयो भनेर माओवादीलाई कुनै चिन्ता छैन । ६ महिनापछि सहमति अनुसार छोड्नैपर्ने थियो अहिले छोड्दा केहि फरक पर्दैन तर संविधान संशोधनको कुराले गम्भीर बन्न बाध्य गराएको छ’, उनले भने ।