• असार २१ २०८१, बिहीबार

पाैडेल-दाहाल भेट : शितलनिवासबाट के संजीवनी पाए प्रचण्डले ?

असार १९ २०८१, मंगलवार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल राष्ट्रपति भवन शीतलनिवासबाट फर्किएका छन् । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेललाई भेटर फर्किएका हुन् ।

राष्ट्रपति पौडेलसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा ‘बिफ्रिङ’ गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

“राष्ट्रपतिलाई प्रधानमन्त्रीले पछिल्लो राजनीतिक अवस्थाबारे ‘बिफ्रिङ’ गर्नु भएको थियो,” पोखरेलले भने ।