• असार २१ २०८१, बिहीबार

प्रचण्डसित बिच्किएका बाबुरामको ब्यङ्ग्य-मलाई झैं सधैभरी अरुलाई ठग्न कहाँ सकिन्छ र ?

असार १९ २०८१, मंगलवार

काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले सबैलाई सधैभरि ठग्न नसकिने बताएका छन् । नेपाली कांग्रेस र नेकपा एमालेबिच नयाँ सत्ता समीकरण बनेसँगै उनले यो टिप्पणी गरेका हुन् ।

उनले प्रधानमन्त्री पुष्पकमल दाहालप्रति इङ्गित गर्दै लेखेका छन्, ‘चर्चित भनाइ छ–‘केहीलाई सधैभरि ठग्न सकिन्छ सबैलाई केही बेर ठग्न सकिन्छ, तर सबैलाई सधैभरि ठग्न सकिन्न । सन्दर्भ बुझौँ ।’

दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमालेबिच सोमबार मध्यरातमा नयाँ सरकार गठनका लागि सहमति भएको छ ।
सहमति अनुसार एमाले अध्यक्ष ओलीको नेतृत्वमा नयाँ सरकार गठनको तयारी सुरु गरिएको छ ।