• असार २१ २०८१, बिहीबार

नयाँ सरकारमा रास्वपा सहभगी नहुने

असार १९ २०८१, मंगलवार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठकले नयाँ गठबन्धन र अब बन्ने सरकारमा सहभागी नहुने निष्कर्ष निकालेको छ ।मंगलबार बिहान सिंहदबारमा बसेको सचिवालय बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै प्रमुख सचेतक सन्तोष परियारले नयाँ सरकारमा पार्टी सहभागी नहुने बताए ।

नयाँ सरकार बन्ने प्रक्रिया अघि बढ्नेबित्तिकै रास्वपाका मन्त्रीहरूले पदबाट राजीनामा दिने उनले बताए । रास्वपाबाट अहिलेको संघीय सरकारमा ४ जना मन्त्री छन् । सभापति रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री छन् ।

‘हामी अब बन्ने गठबन्धनमा हामी रहँदैनौं, सरकारमा जाँदैनौं । यसमा हामी स्पष्ट छौं,’ उनले भने, ‘अर्को सरकार बन्ने प्रक्रिया अघि बढेपछि हामी स्वभाविक रूपमा सरकारबाट बाहिरिन्छौं ।’