• असार २१ २०८१, बिहीबार

लगन पछिको पोते : सत्ता ढाल्ने तीर बोकेका ओलीलाई दाहालले किन बोलाए बालुवाटार ?

असार १९ २०८१, मंगलवार

काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन् । केहीबेर अघिमात्र अध्यक्ष ओली प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका हुन् ।

प्रधानमन्त्री प्रचण्डले बोलाएपछि अध्यक्ष ओली बालुवाटार गएको बताइएको छ । नेपाली कांग्रेस र नेकपा एमालेबिच मध्यरात सत्ता सहकार्यबारे सहमति गरेपछि प्रचण्ड र ओलीबिच भेटवार्ता हुन लागेको हो । आजै एमाले मन्त्रीहरूले राजीनामा दिने बताइएको छ ।